राजनीति

जनताको माग आुसार चुनावका बिषयमा देउवासँग ‘टेलिभिजन’ बहस गर्न तयार छुः अध्यक्ष ओली

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाबी बहस गर्न आफू तयार रहेको बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिवक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै बिश्वका बिभिन्न मुलुकहरुमा यस्ता प्रकारका बहसहरु हुने गरेका र नेपालमा पनि यस्ता प्रकारका बहसमा उत्रन जनताबाट माग भई आईरहेकाले आफू त्यसका लागि तयार रहेको बताएका छन् ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमा देउवालाई तयार हुनुहुन्छ भने आउनुस् भनेर चुनौती पनि दिएका छन् । बिदेशमा टछेलिभिजनमा लाईभ बहस गर्ने चलनअनुसार अगाडी बढ्न आफु तयार रहेको अध्यक्ष ओलीले जनाएका छन् । प्रधानमन्त्री देउवाबाट अहिलेसम्म कुनैपनि प्रतिकृया आएको छैन ।
सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?