१ कात्तिक, मस्को । रूसले मङ्गलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि गरेको छ । कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति नाजुक भएको बताएको छ।
“विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको“ रूसी रक्षा मन्त्रालयले आफ्नो दैनिक अपडेटमा उल्लेख गरेको छ ।





