अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदी र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा गुजरातमा ‘मिशन लाइफ ‘को शुभारम्भ

३ कात्तिक, नर्मदा । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार गुजरातको एकता नगरमा मिशन लाइफ अभियानको शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री मोदीद्वारा परिकल्पना गरिएको मिशन लाइफ भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागिता सहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रम हो ।
मिशन लाइफ कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन का असर सम्बोधन गर्ने र दिगो विकास लक्ष्यहरूको प्रारम्भिक उपलब्धिहरू प्रदर्शन गर्नको लागि भारतको पहल महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गर्नु भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव मिशन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल भएका थिए ।
राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा छन् ।
बुधवार गुटेरेसले विदेश मन्त्री एस जयशंकरलाई भेटी बहुपक्षीयतामा विश्वव्यापी चिन्ता र चुनौतीहरूका विषयमा छलफल गरेका थिए।