राजनीति

गुरुराजले आक्रोशित हुँदै भनेः काँग्रेसका वडादेखी माथीसम्मका संरचनाहरु देखावटी मात्र देखिए

६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता एबम् मोरङ क्षेत्र नम्बर ४ क का प्रदेश सभा उम्मेद्वार गुरुराज घिमिरेले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन आवश्यकता र व्यक्तिको क्षमताअनुसार उम्मेदवार चयनगर्न नचाहने राजनीतिक दल र नेताहरुले चुनाव प्रचारलाई समेत व्यक्तिवादी बनाएको बताएका छन् ।
नेपाली काँग्रेस प्रदेश नम्बर १ मा सभापतिमा दुई मतले पराजय भोगेका नेता घिमिरेले नेताहरु आफ्नो क्षेत्रमात्र केन्द्रीत भएको भन्दै पार्टीका क्षेत्रीय, जिल्ला, प्रदेश संरचनाहरु देखावटीमात्र भएको बताएका छन् ।
नेता घिमिरे डेगुंका कारण अस्पालमा उपचार गराएर भर्खर डिस्चार्ज भएका र प्रतिनिधि सभामा टिकट मागेपनि प्रदेश सभामा काँग्रेसले टिकट दिएका कारण असन्तुष्ट छन् ।
उनले ट्वीटमा असन्तुष्टी पोख्दै भने, ‘हाम्रो लोकतन्त्र त कृत्रिम श्वास प्रश्वासमा बाँचेको बिरामी पो रहेछ ! के का निम्ति जिन्दगी बिताईएछ खै ?’ उनले पार्टीका संरचनाहरु देखावटीमात्र देखिएको आरोप लगाउनु अर्थपूर्ण देखिन्छ ।
नेता घिमिरेको ट्वीटः
दुवै तहको संसदको आवश्यकता र व्यक्तिको क्षमताअनुसार उम्मेदवार चयनगर्न नचाहने राजनीतिक दल र नेताहरुले चुनाव प्रचारलाई समेत व्यक्तिवादी बनाएछन्। पार्टी संरचनाहरु त देखावटी मात्र रहेछन्। हाम्रो लोकतन्त्र त कृत्रिम श्वास प्रश्वासमा बाँचेको बिरामी पो रहेछ ! के का निम्ति जिन्दगी बिताईएछ खै ?