आर्थिक

“सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार”

६ कात्तिक, काठमाण्डौ । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम “सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार” योजना ल्यायको छ ।

यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको QR CODE लाई स्क्यान गरी त्यस पछी आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।
पौष मसान्त सम्म संन्चालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोवाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरीनेछ ।
सन २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखी बजारमा आफ्नो पहिचान तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।