आर्थिक

“ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

२० कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उ क्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरियो ।