अन्तर्राष्ट्रिय

गिनीमा सडक दुर्घटना २२ को मृत्यु

२१ कात्तिक, कोनाक्री । पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् ।

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको सङ्क्रमणकालीन सरकारले जानकारी दिएको छ । विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ । सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले भनेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।