राजनीति

धेरै काम गरेर जनताको मन जितेकाले मेरो क्षेत्रमा बलियो प्रतिष्पर्धी भेटेको छैनः नेता सिंह

२२ कात्तिक, काठमाडौं । काठमाण्डौ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उमेद्वार रहेका सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकाश मतदाताको मन जित्न सफल भएको बताएका छन् । आज घरदैलो कार्यक्रमका क्रम मा उनले उक्त कुरा बताएका हुन् ।


पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिहं आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता दिएका छन् । चुनावी प्रचार कै क्रममा आज उनले यस क्षेत्रबाट आफुलाई मतदाताले ३ पटक विश्वाश गरेको तर शुरुको २ पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके पनि संविधान निमाण पछि भने आफुले यस क्षेत्रको हरेक प्रकार विकाशका गति विधि अगाडि बडाएको बताए । हरेक टोल टोलमा आफुले कुनै न कुनै प्रकारको विकासको योजना जनता सामु पुरयाएको उनले बताए । सुकुम्बासी समस्या व्यवश्थापन देखि लिएर सामुदायिक विधालय सुधारका लागि पनि आफुले कार्य गरेको बताए।

उनले सोही कारण पनि यस पटक मतदाताहरुले सकरात्मक प्रतिकृया दिइरहेको बताए । यस पटक विकाशका कामका विषयलाई लिएर जन गुनासो कम रहेको उनले बताए । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदै उनले आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए ।
विगतमा पनि कांग्रेश र आफ्नो नेतृत्वमा यहाका जनताका साना साना निमण्त्रणालाई स्विकार गर्दै जनताका आवश्यकताहरु तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यस पटक पनि कांग्रेश र आफुलाई बहुमत दिने विश्वास व्यत्तm गरेका छन् । विकास काम साथै संविधान कार्यन्वयन गर्न कांग्रेश सहित गठवन्दनलाई मत दिन उनले आग्रह गरेका छन् ।

नेता सिंहले पत्रककारको एक फरक प्रश्नको जवाफ दिँदै आफू २०७४ सालको निर्बाचनमा बिजय भएपछि नै २०७९ सालको निर्बाचनको तयारीमा लागेको भन्दै आफ्नो बलियो प्रतिष्पर्धी नभेटेको टिप्पणी गरेका छन् । उनले प्रतिष्पधी धेरै हुनुहुन्छ तर बलियो प्रतिष्पधी भने मैले मत माग्न जाँदा भेटेको छैन भनेका छन् ।