राजनीति

एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गर्योः डा खड्का

३० कात्तिक, काठमाडौं । उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा (एमाले)ले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग गरेको र गत निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताए । त्रियुगा नदीमा बाध बाध्ने कामको सुरुआत र सगरमाथा विमानस्थल निर्माण भइरहेको उनले जानकारी दिए । कार्यक्रममा वाम गठन्धनका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीले एमालेले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफूहरुका पहलमा भएका विकासका काममाथि भ्रम छर्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुरेश राई, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य बलदेव चौधरीले संविधानको रक्षा गर्ने काम बामलोकतान्त्रिक शक्तिले गर्ने बताए । उक्त कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि गणेश राईको नेतृत्वमा दर्जनौं युवाहरू नेपाली कांग्रेस पार्टिमा प्रवेश गरेका थिए ।