राजनीति

लिङदेन विश्वासघाती र अवसरवादी हुन्ः राप्रपा नेपालका अध्यक्ष थापा

१ मंसिर, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज चुनाव प्रचारको अन्तिम दिन आफ्ना पुरानो सहकर्मी राजेन्द्र लिङ्देन विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन्।‌ मकवानपुर जिल्लाको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले झापामा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर नेकपा (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाएका छन्। थापाले विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओली विरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेश हुँदा दुवै पटक अनुपस्थित भएर धोका दिएको दावी गरेका छन्। लिङदेन विश्वासघाती र अवसरवादी रहेको आरोप लगाएका छन्।
थापाले राप्रपाका उमेदवार दिपक सिंह देशीविदेशी शक्तिहरुको हतियारको रुपमा प्रयोग भएको समेत उल्लेख गरेका छन्। थापाले ूमेरो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वले आफ्नो भाई सरहको व्यक्तिलाई उचालेर खाल्डे उमेदवार बनाएकोू आरोप समेत लगाएका छन्।
वर्तमान अवस्थामा गठबन्धनको अस्थिर सरकार भन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त रहेको राप्रपा नेपालका अध्यक्ष थापाले उल्लेख गरेका छन्।
भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी ओली र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार मुलुकको वृहत्तर हितमा हुने थापाले उल्लेख गरेका छन् ।