राजनीति

काठमाडौँ ५ः इश्वर पोख्रेललाई भारी मतान्तरसहित कांग्रेसका पौडेलले दिए बिजय हुने संकेत

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।
अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्राप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका हुन् । खसेको मतको दोब्बर भन्दा बढी मतगणना हुन बाँकी रहेपनि पौडेलले भारी मतान्तरले बिजय हुने संकेत दिएका छन् ।
यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।