राजनीति

झापा–५: २८ हजार पाँच सय ७६ को भारी मतान्तरले एमाले अध्यक्ष ओली विजयी

७ मङ्सिर, झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् ।

निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएका छन् ।

कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका छन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।