समाचार

मुख्यमन्त्रीका दाबेदार काँग्रेसका बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ विजयी

६ मंसिर, हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारे।

विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए। तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।
बाग्मती प्रदेश सभापति बानियाँ मुख्यमन्त्रीका दाबेदार हुन् ।