समाचार

भारी मतका साथ गोरखा क्षेत्र नम्बर १ बाट काँग्रेसका राजेन्द्र बजगाई बिजयी

७ मंसिर, गोखा । गोरखा १ बाट नेपाली काँग्रेसका राजेनद्र बजगाई भारी मतका साथ बिजयी भएका छन् । अन्तिम परिणामअनुसार उनले ३३ हजार ४२८ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।
नेकपा एमालेले १६ हजार ७८५ ल्याएर उनसँग आधाकम मत ल्याएर पारजीत भएको छ ।
जम्मा मतान्तर १६ हजार ६४३ छ ।
बजगाईँले बिजय भएपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘खुल्ला राजनीति, लोकतन्त्र स्थापनार्थ आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद र अहोरात्र दुःख गर्ने सबै तह र वर्ग प्रति हार्दिक आभार प्रकट गर्दछु। म ऋणी छु।’