समाचार

नवलपरासी क्षेत्र नं २ मा कांग्रेसका विष्णुकुमार कार्की विजयी

८ मंसीर, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् ।

विसं २०४८ देखि नेकपा (एमाले) ले जित्दै आएको क्षेत्र नं २ मा एमालेका उम्मेदवार तिलक महतसँग दुई हजार २१ मतान्तरले कार्की विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कार्कीका पक्षमा ३६ हजार एक सय चार मत प्राप्त हुँदा नेकपा (एमाले)का तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले छ हजार चार सय ४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले तीन हजार तीन सय ४३ मत प्राप्त गरेका थिए । क्षेत्र नं २ मा ८५ हजार तीन सय ९९ मत खसेको थियो । खसेको मतमध्ये तीन हजार चार सय ५१ मत बदर भएको थियो ।

विसं २०७४ सालको निर्वाचनमा कांग्रेसका कार्की एमालेका महतसँग एक हजार तीन सय ३३ मतान्तरले पराजित भए ।