समाचार

काँग्रेस उम्मेद्वार गच्छादार एमाले उम्मेद्वार चौधरीसँग ४१६८ मतले पछाडी

८ मंसीर, इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले भारी मतले अग्रता कायम गरेकी छन् ।
नेपाली काँग्रेसका पूर्व उपसभापति एबम् केन्द्रीय सदस्य बिजय कुमार गच्छादारलाई ४१ सय ६८ मतले पछि पार्न सफल भएकी छन् ।
गच्छदारको ६०१६ मत आएको बेला चौधरीको १० हजार १८४ मत आएको छ । तेस्रो स्थान कायम गर्न रबि लामिछानेको पार्टी रास्वपाका कमलबाबू मैनालीले चार हजार ७६८ मत ल्याएका छन् ।

४१६८ ले सुर्य अगाडी रहेकी नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीले बिजयी हुने बाटो बनाउँदै लगेकी छन् । यसभन्दा अगाडी २०७४ सालको निर्बाचनमा भगवती चौधरीले बिजय गच्छादारले झिनो मतले पराजय भोगेकी थिईन् ।