समाचार

सुनसरी–४ः काँग्रेस उम्मेद्वार कार्की एमाले उम्मेद्वार कुशीयतसँग ८५७ मतले पछाडी

८ मंसीर, इटहरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीश प्रसाद कुशीयतले काँग्रेस उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीसँग अग्रता कायम गरेकी छन् ।

नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ८५७ मतले पछि पार्न कुशीयत सफल भएका छन् ।
कार्कीको १३ हजार ५७१ मत आएको बेला कुशीयतको १४ हजार ४२८ मत आएको छ ।
यसभन्दा अगाडी सानदार बिजयी भएका काँग्रेस नेता कार्कीलाई अहिलेको प्रतिनिधि सभा निर्बाचनमा यसअभि क्षेत्र नम्बर ४ कै प्रदेश सभाबाट बिजयी एमालेका उम्मेद्वारले टक्कर दिएका छन् ।
१४ वटा वडामा मतगणना गरिसकिएपनि अझैं १८ वटा वडा बाँकी रहेको र उक्त वडाहरुमा काँग्रेसको मत बढी आएर बिजयी हुने दाबी मतगणनामा बसेका काँग्रेसका स्थान्ीय नेताहरु बताउछन् ।
एमालेका नेताहरु भने अब कुशीयतको बिजय भईसकेको र त्यसको घोषणा भने मतगणनापछि हुने बताउँछन् । रुख र सुर्यले पालैपालो अग्रता लिने क्रम जारी रहेकोले यसले नै बिजय गर्छ भन्न सकिने अवस्था भने देखिँदैन ।