राजनीति

भाबी प्रधानमन्त्री रुपमा चिनिएका डा कोईराला भारी मतसहित बिजयी

९ मङसिर, बिराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला १२ हजार १८६ को भारी मतान्तरसहित मोरङ क्षेत्र नं–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्बाचित डा शेखर कोइरालाको ३५ हजार २१८ मत आउँदा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार लालबाबु पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।
यसअघि डा कोईरालालाई पराजीत गर्न सफल भएका पण्डित यसपटक भने भारी मतले पछाडी परेर पराजीत भएका छन् । निर्बाचनमा नै भाबी प्रधानमन्त्रीका रुपमा आफुलाई मतदान गर्न डा कोईरालाले मतदातासँग मत मागेका थिए ।
मोरङ क्षेत्र नम्बर ६ मा कुल खसेको मत ८५ हजार ३७१ रहेको र
कुल सदर मत ८० हजार ४१७ रहेको बताईएको छ । नेता कोईराला देउवापछि प्रधानमन्त्रीका रुपमा हेरिएका काँग्रेसका सर्बाधिक लोकप्रीय र चर्चित नेता हुन् । नेपाली काँग्रेसकामात्र नभएर नेपाली राजनीतिमा नै ठूलो गुन लगाएका कोईराला परिवारका सदस्य डा कोइरालालाई जनताका नेताका रुपमा लिने गरिएको छ । १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा बलियो प्रतिष्पर्धा गरेका कोईराला अब हुने संसदीय दलको निर्बाचनमा संसदीय दलको नेताका लागि बलियो प्रतिष्पर्धी हुन् । डा कोईराला संसदीय दलको नेतामा चयन भएका प्रधानमन्त्री बन्नका लागि ढोका खुल्नेछ ।