आर्थिक

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न

८ म‌सिर, काठमाडौं  । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ता हरुलाइ अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप  कम्पनी ले यश प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा  यो कार्यक्रम आयोजना गरिएको बताए । 

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण   दिनु भएको थियो ।  यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।  

कार्यक्रममा सम्मानित हुनु भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतज्यु बाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।

कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।