समाचार

मन्त्री कार्की र एमाले उम्मेद्वार कुशीयतबिचको बिबाद नमिल्दा सुनसरी ४ को मतगणना भएन सूचारु

११ मंसिर, इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना बिबादका कारण रोकिएको मतगणना सुरुवाती हुन सकेको छैन।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् सुचना तथा सञ्चामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ६०३ मत निर्बाचन आयोगमा गलत मत गएको भन्दै त्यौ बदर गर्न भनि निबेदन दिएपछि रोकिएको मतगणना आज बिहान ८ बजेसम्ममा सुरुवात हुने भनिएपछि अहिले दिउँसोसम्म सुरुवाती हुन सकेको छैन ।
काँग्रेसका शक्तीसाली मन्त्री एबम् प्रतिनिधि सभा सुनसरी ४ का प्रत्यक्षतर्फका काँग्रेस उम्मेद्वार कार्कीको अडान उक्त मतगणना पुनः संचालन हुनुपूर्व फर्जि मतगणना रद्ध गर्नुपर्ने बताएका छन् भने नेकपा एमालेका उम्मेद्वार जगदीश प्रसाद कुशीयतले निर्बाचन आयोगमा आयोगका आधिकारीक ब्यक्तीद्वारा हस्ताक्षर भएको मतगाणनालाई मान्दै अबदेखी मतगणना गर्दा राम्रोसँग हेरेर गर्नुपर्ने अडान कायम गरेको छ । एमालेले चित्र नबुझे अदालत जानुपर्ने तर मत बदर गर्न नसकिने अडान राखेको छ ।मन्त्री कार्कीले मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना हुनुपर्ने माग राखेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले समर्थकहरु मतगणनास्थलमा ब्यापक भएकोले झडप हुनसक्ने देखेर प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ ।