राजनीति

रामकुमारी झाँक्रीले भावुक हुँदै भनिन्ः जब फोनमा आवाज सुने रोईरहेको पाएँ…

१२ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजबादीकी सचिव रामकुमारी झाँक्रीले मैले सोच्थे चुनाव मैले गुमाएँ तर होईन रहेछ भनेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै मलाई हजारौं मतदाताको विचमा पुर्याउने, मलाई भोट दिने, सहयोग र सद्भाव राख्ने सबैले गुमाउनु भएको रहेछ, जब फोनमा आवाज सुने रोईरहेको पाएँ, त्यसैले म फर्केर आईरहेछु भनेकी छन् ।
सहरी विकासमन्त्रीसमेत भइसकेकी एकीकृत समाजबादीकी नेतृ झाँक्रीलाई नेपाली काँग्रेसलगायतका गठबन्धन दलहरुको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ बाट लडेकी झाँक्री एमालेका उम्मेद्वार गोकर्ण बिष्टसँग पराजीत बनेकी हुन् ।

उनले भनेकी छन्, ‘मैले सोच्थे चुनाव मैले गुमाएँ तर होईन रहेछ। मलाई हजारौं मतदाताको विचमा पुर्याउने, मलाई भोट दिने, सहयोग र सद्भाव राख्ने सबैले गुमाउनु भएको रहेछ, जब फोनमा आवाज सुने रोईरहेको पाएँ। त्यसैले म फर्केर आईरहेछु। आजैबाट भेटौला‘ म सुख दुःख सबैमा हजुरहरूसंग छु।’