समाचार

गठबन्धन बैठक बालुवाटारमा

९ पुस, काठमाडौं नेपाली काँग्रेससहितको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेतामहरु बैठकमा उपस्थित छन् ।
नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै दाबी गरिरहेको र माओबादी केन्द्रले प्रधानमन्त्री दाबी गरिरहेको अवस्थामा गठबन्धनको बैठक सुरु भएको छ । नेकपा एसले भने राष्ट्रपति वा प्याकेजमा सहमती हुनुपर्ने भनेको छ ।
बैठकमा शीष नेताहरुले नेकपा एमालेलगायतका दलहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल गरिरहेका भएपनि गठबन्धन दलको बैठक भने दमदार रुपमा बस्न सकेको थिएन । शुक्रबार बसेको देउवा प्रचण्डलगायतका नेताहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो । सरकार निर्माणका बिषयमा महत्वपूर्ण निर्णय हुने संकेत आजको बैठकले दिएको छ ।राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बिषयमा पावर सेयरिंगबारे के निर्णय हुन्छ त्यो भने बैठकपछिमात्र थाहा होला ।