समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा विशेष पूजापाठ

९ पुस, महेन्द्रनगर (धनुषा) । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो यहाँ आइपुगेका थिए ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका सथए ।

पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै थिए ।