आर्थिक

फर्निचर तथा फर्निसिङ सङ्घमा नयाँ नेतृत्व फर्निचर तथा फर्निसिङ सङ्घ काठमाडौँमा

९ पौस, काठमाडौं । सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । आज राजधानीमा सम्पन्न सङ्घको २३औँ साधारणसभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका छन् । त्यस्तै कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली चुनिएका छन् । सङ्घको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की निर्विरोध भएका हुन् ।

सङ्घमा दुई सय आजीवन र चार सय साधारण सदस्य गरी छ सय फर्निचर व्यवसायी आबद्ध छन् । सङ्घका अनुसार देशभर १२ हजारको सङ्ख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायमा करिब रु ३० अर्ब लगानी रहेको तथा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको सङ्घको तथ्याङ्क छ ।