९ पौस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले ‘मुलुकको समुन्नतिका लागि सुशासन स्थापित गर्नु छ भनेका छन् ।
उनले नेपाली कांग्रेस स्याङ्गजा–काठमाण्डौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै सिङ्गो मुलुकको समुन्नतिसँगै स्याङ्गजाका जनताको विश्वासलाई थप प्रगाढ बनाउनु छ भनेका छन् ।
उनले मलाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु भन्दै मतदाताका लागि आभार ब्यक्त गरेका छन् ।
उपसभापति गुरुगंले। ‘पदको आसक्ति भन्दा नैतिकतालाई शक्तिको रुपमा लिएर अगाडि बढ्नुपर्छ।’ भनेका छन् ।
उनले भने, ‘मुलुकको समुन्नतिका लागि सुशासन स्थापित गर्नु छ। सिङ्गो मुलुकको समुन्नतिसँगै स्याङ्गजाका जनताको विश्वासलाई थप प्रगाढ बनाउनु छ। मलाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’





