राजनीति

प्रधानमन्त्री प्रचण्डलाई अमेरिका, चीन र पाकिस्तानको बधाई

११ पौस, काठमाडौं । नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएकामा अमेरिका, चीत र पाकिस्तानले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन् ।

राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।”

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै “क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ । हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु”, भनेका छन् ।