राजनीति

हर्क साम्पागंले भने डा ताेसिमा स्वास्थ्य मन्त्री बन्नुपर्छ, रबिको रोजाईमा डा चन्दा कि डा. टोसिमा ?

१३ पुस, धरान । धरान उपमहानगरपालीकाका मेयर हर्क साँम्पागंले रास्ट्रिय स्वतन्त्र पार्टीकी साँसद ताेसिमा कार्कीलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।
हर्क साँम्पागंले ट्वीट गर्दै आफ्नो बिचार ब्यक्त गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा डा ताेसिमा कार्की स्वास्थ्या क्षेत्रकी बिज्ञ हुन् भने अर्की अनुभबी बिज्ञ डा चन्दा कार्की पनि रास्वपामा साँसद बनेकी छन् । डा चन्दा कार्की लामो समयदेखी बिभिन्न अस्पतालमा राम्रो डाँकटरका रुपमा सेवा गर्दै आएकी सफल महिला हुन् ।
टोसिमा युवा भईन् भने चन्दा अनुभबी हुन् भन्ने राजनीतिकबृतमा छलफल भईरहेको छ । रबिको रोजाईमा चन्दा कार्की पर्ने वा टोसिमा पर्ने त्यो भने हेर्न बाँकी नै छ । रास्वपाले भने बिज्ञताका आधारमा मन्त्रीहरुका लागि पठाउने बताएको छ । रास्वपाले मंसिर ४ को निर्बाचनमा २० सिटसहित चौथो ठूलो दल बन्ने अवशर पाएको छ सो पार्टीका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एबम् गृहमन्त्री बनिसकेका छन् ।