राजनीति

गृहमन्त्री लामिछानेले पत्नि निकिताको जन्मदिनमा भाबुक हुँदै भने, ‘मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ’

१६ पौस, काठमाडौं । उपप्रधानएबम् गृहमन्त्री रबि लामिछानेले उनकी पत्नि निकिता पौडेललाई जन्मदिनको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेँदै मार्मिक रुपमा मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ भनेका छन् ।
उनले भनेका छन्, ‘आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ। आज तिम्रो जन्म–दिनको अवसरमा म तिम्रो सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दछु ।’ रबिले ट्वीट गरेको आधा घण्टापनि नहुँदै सामाजिक सञ्जालमा ११ हजारभन्दा बढी कमेन्ट, ३० हजार भन्दा बढी लाइक सर्बसाधारणहरुले गरेका छन् ।
रबि लामिछानेकी पत्नि निकिता पौडेल गोपीकृष्ण सिनेमा हलकी वनर, फिल्म डाईरेक्टर–प्राडुसरलगायत ब्यावशायी हुन् । उनी ब्यावशायी तथा राप्रपा नेता उद्धब पौडेलकी छोरीसमेत हुन् ।

उपप्रधान एबम् गृहमन्त्री लामिछानेको स्टाटस्ः
मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ। आज तिम्रो जन्म–दिनको अवसरमा म तिम्रो सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दछु। प्रिय ल्भपष्तब एयगमभ िीबmष्अजजबलभ , सबै देवी देवताले तिम्रो रक्षा गरून्।