राजनीति

महामन्त्रीद्वय संयुक्त बिज्ञप्तीमार्फत भन्छन्ः काँग्रेसभित्र भएको अलमल त्यतिकै हटाउन सकिन्न

१६ पौस, काठमाडौं । नेपाली काँग्रेसका महानन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले आज मेलमिलाप दिवशका अवशरमा संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।
काँग्रेसका लोकप्रयी दुई महामन्त्रीले आज संयुक्त रुपमा ७ बुंदे बिज्ञप्ती जारी गर्दै शुभकामना दिएका छन् ।
उननीहरुले बिज्ञप्तीमा काँग्रेस अलमलमा भएको र उक्त अलमल त्यतिकै हटाउन नसकिने दाबी गरेका छन् । पार्टीभित्र चुनौती र अप्ठ्यार भए पनि देशभर पार्टीको शुद्धिकरण र पुनःजागरण गर्न आवश्यक रहेको बताएका छन् ।
पार्टीका आम कार्यकर्ता र आम जनतामा बिश्वास दिलाउनेगरी काम गर्नुपर्ने पार्टीको जिम्मेवारी रहेको नेताद्वयले बताउँदै बैचारिक रुपान्तरण हुनुपर्छ भनेका छन् । नेताद्वयले मेृलमिलापको आधार भनेको नै राष्ट्रियताको रक्षा र लोकतान्त्रीक प्रणली रहेको बताउँदै सन्तुलीत बाह्य सम्बन्ध, सवल राष्ट्रियता, सुदृढ लोकतनत्र र शुसासनबाट देशमा समुन्नती कायम हुसनसक्ने बताएका छन् ।
उनीहरुले काँग्रेसले सत्ता राजनीति गरेका कारण अहिले ठूलो दल भएपनि सत्ताबाहिर बस्नुपरेको ठम्याउँदै केहीसमयका लागिमात्र यस्तो अवस्था आएको र जनतामा जवाफदेही बनाउने जिम्मेवारी नेतामा भएको बताएका छन् ।
बिज्ञप्तीमा भनिएको छ ।