राजनीति

आउने निर्बाचनमा एक्लै निर्बाचन लड्नेगरी काँग्रेस संगठन निर्माणमा लाग्छः प्रवक्ता महत

२० पौस काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश सरण महतले काँग्रेसले सरकार निर्माणका क्रममा माओबादी केन्द्र, समाजबादी केन्द्रलगायत गठबन्धनको बिकल्पका नरहेको बताएका छन् ।
नेता डा महतले प्रचण्डलाई सरकारको नेतृत्व दिन काँग्रेस तयार रहने वा नरहने भन्ने बिषयमा आफूहरुलाई समय नदिएको बताएका छन् । उनले अहिले बैकल्पीक गठबन्धनको सरकार बनेको यसमा राजतन्त्र नभई नहुने, संघीयताबिना हुँदै हुँदै हुँदैन भन्ने, राजतन्त्र कुनैपनि हालतमा हुनुहुँदैन भन्नेबीचमा सरकार बनेको भन्दै सरकारमा गएका दलहरु सरकारबाट कति लाभ लिन सकिने भन्नेमा मात्र केन्द्रीत भएको बताए ।
उनले पार्टी केन्द्रीय कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै काम भन्दा गफ बढीमा सरकार लागेको भन्दै अहिलेको गठबन्धन बिरोधाभाष भएका कारण गठबन्धन फुट्ने सम्भावना रहेको बताए । उनले काँग्रेसले राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ, सुशासन, रोजागारीका बिषयमा प्रतिपक्षीको रुपमा रचनात्मक रुपमा रहने बताए ।
उनले ठूलो पार्टी सरकार बाहिर रहने र सानो पार्टी सरकारको शक्तीसाली हुने जनमतको आधारमा राज्यसत्ताको नेतृत्व नहुने अवस्थालाई राष्ट्रय बहसको बिषय बन्ने बताएका छन् । गठबन्धनले निरन्तरता पाउँछ भन्ने सबै ढुक्क भएपनि यो चुनौतीलाई रिकभर गर्ने बताए । उनले आउने निर्बाचनमा काँग्रेसले एक्लै बिजय हुनसक्नेगरी संगठन गर्नेमा पार्टी संगठन सिनर्माणमा लाग्ने र यो सबै कुराको समीक्षा आउने पौस २८ गतेको केन्द्रीय कमिटी र्बैठकले गर्ने बताएका छन् ।
उनले भातृसंस्थाको निरन्तरतालगायतमा महत्वपूर्ण कार्य गर्ने भन्दै काँग्रेसले अब धेरै राम्रो काम गर्नेगरी लाग्ने उनले बताए ।