राजनीति

डा लोहनी आक्रोशित हुँदै भन्छन्ः रकमको दुरुपयोगलाई प्रोत्साहन गर्नु ‘अग्रगामी’ अर्थमन्त्री र राष्ट्रबैंकको अग्रगामी नीति हो?

२१ पौस, काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले ब्यापारीले जेभन्यो त्याही गर्नेै बाटोमा सरकार हिँडेको हो भनेर प्रशन गरेका छन् ।
उनले ट्वीट गर्दै ब्यापारीले एउटा प्रयोजनलाई लिएको ऋण अर्को प्रयोजनमा खर्च गर्दासमेत गभर्नर र अर्थमन्त्रीले बयापारीलाई सहुलियत दिएको भन्दै आक्रोश पोखेका छन् ।
उनले भनेका छन्, ‘ब्यापारीहरुले जे काम लागि ऋण लिएको हो त्यसको बिपरित काम गर्दा पनि राष्ट्रबैंकले सहुलियत दिने नीति ल्याएको देखियो, के ब्यापारी मैत्री हुन ऋण लिएको रकमको दुरुपयोगलाई प्रोत्साहन गर्नु ‘अग्रगामी’ अर्थमन्त्री र राष्ट्रबैंकको अग्रगामी नीति हो?