राजनीति

नयाँ ढंगले अघिबढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ काँग्रेसः महामन्त्री शर्मा

२२ पुस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नयाँ परिस्थितिमा नयाँ ढंगले अघिबढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ काँग्रेस भनेका छन् ।
उनले काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्यो भन्नेलगायतका बाहिरी हल्लाहरुलाई यसबाहेकका हल्लाहरु केवल फुर्सदका कफि गफ मात्रै हुन् भनेका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव ? भन्ने प्रश्नको जवाफ दिँदै नजाने गाउँको बाटो काँग्रेस ‘तत्काल’ शोध्दैन । ‘अघि लाग्छौ कि’ भनेर कसैलाई भन्दैछैन र भन्दैन भनेका हुन् ।
आजमात्र नेपाली कँँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक उनकै निवासमा बोलाएपछि राजनीतिक सारगर्मी पुनः बढेको अवस्थामा महामन्त्री शर्माले कुल बनाउने प्रयाय गरेका छन् ।
उनको ट्वीटः

प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव ?

नजाने गाउँको बाटो काँग्रेस ‘तत्काल’ शोध्दैन । ‘अघि लाग्छौ कि’ भनेर कसैलाई भन्दैछैन र भन्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले अघिबढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ काँग्रेस ।

यसबाहेकका हल्लाहरु केवल फुर्सदका कफि गफ मात्रै हुन् । जय नेपाल