राजनीति

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

२५ पुस, गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गर्नुभएको छ ।

सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन छ । मुख्यमन्त्रीको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अधिकारी कास्की प्रतिनिधिसभा १ प्रदेशसभा १ बाट निर्वाचित हुनुभएको थियो । उनी एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखसमेत रहनुभएको छ ।