राजनीति

काँग्रेस पदाधिकारी बैठक जारीः शेखर–गगन–बिश्वप्रकाश पक्ष बिश्वासको मत लिदन नहुने, देउवा पक्ष दिनुपर्नेमा छलफल

२६ पुस, काठमाडौं । नेपाली काँग्रेसले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको नेतृत्वमा बनेको सरकारलाई बिश्वासको मत दिने वा नदिने बिषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।
अहिले बसिरहेको पदाधिकारी बैठक देउवा निवासमा बसिरहेको र उक्त बैठकमा पदाधिकारीहरुले बिश्वासको मत दिन हुने कि नहुने बिषयमा छलफल भईरहेको छ । कँँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दहाललाई मत दिनुपर्ने बिचारमा रहेका छन् भने डा शेखर कोईराला पक्षका गगन थापा र बिश्वप्रकाश शर्मा भने प्रधानमन्त्रीमा बिश्वासको मत दिन नहुने काँग्रेस असल प्रतिपक्षको भूमिकामा बस्नुपर्ने तर्कमा छन् ।
आज हुने संसद बैठकमा प्रधानमन्त्रीमा माओबादी अध्यक्ष पुष्पकमल दहालले बिश्वासको मत लिने कार्यक्रम छ ।