राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ

२६ पुस, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराए।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएका छन् भने मन्त्री थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएका छन्। मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्ने छन् ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा १ र बिनाविभागीय मन्त्री थापा काठमाडौँ क्षेत्र नं ८ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका हुन्।