राजनीति

एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

२६ पुस, काठमाडौ । नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि पार्टीको पोलिटब्यूरो तथा पछिल्लो सचिवालय बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसको अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएका छन् ।

सचिवालय बैठकको निर्णयपछि पार्टीको संसदीय दलको बैठक बस्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए। एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभामा १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।