राजनीति

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

२६ पुस, काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएका छन् ।

लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । उनले भने, “हाम्रो पार्टी लोसपा ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार छ । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन्। प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ ।