राजनीति

प्रचण्डलाई बिश्वासको मत दिने निर्णयमा प्रदीप पौडेलको असहमती

२६ पुस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रचन्डलाइ विश्वासको मत दिने कार्यसम्पादनको निर्णयमा असहमती जनाएका छन् । उनले आजको संसदीय दलको बैठकमा असहमति जनाएका हुन् ।
उनले भनेका छन्, ‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा’ प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन भनेर मैले असहमती जनाएको हुँ’।
कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।
कायसम्पादन समिती बैठकमा महामन्त्री थापा/शर्मा र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमती दर्ज गराएका थिए।