राजनीति

शुसासन कायम गर्न प्रधानमन्त्री कार्यालयमा सिसि क्यामेरा राख्न प्रचण्डलाई साँसद सिंहको चुनौती

२६ पौस, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । उनले सुशासन नै कायम गर्ने, भ्रष्टाचारको अन्त्य नै गर्ने हो भने प्रधानमन्त्री निवास बालुवाटारमा सिसि क्यामेरा राख्न चुनैती दिएका छन् । साँसद सिंहले प्रधानमन्त्री निवासमा को को आयो को को गयो सबै जानकारी हुँने हुँदा त्यसका लागि पनि प्रधानमन्त्री निवासमा सिसि क्यामेरा राख्दा राम्रो हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, “प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु ।”

अर्का स्वतन्त्र सांसद प्रभु साहले जनता र निर्वाचित संस्थाप्रति जवाफदेही भएर सरकारलाई काम गर्न सुझाव दिँदै आफ्नो सहयोग र समर्थन रहने बताए । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले लाखौँ नेपाली नागरिक गैरनागरिक बन्नु परेको जनाउँदै नागरिकता समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।