राजनीति

गगनले भनेः नेतृत्वले जिम्मेवारी दिएन अब माथि बसेर मात्रै हुदैन, हामी जनता भेट्न भुँइमा जान्छौं

२९ पौस, काठमाडौं । नेपाली कँँग्रेसका महामन्त्री एबम् काठमाडौं क्षेत्र नम्बर ४ का साँसद गगन कुमार थापाले आफूलाई संख्याका कारण नेतृत्वले पेलेर लगेको बताएका छन् ।
आज देशभरका सम्पर्क समितिहरुको कार्यक्रममा बोल्दै उनले आफू काँग्रेस महामन्त्रीमात्र नभएर सभापति देउवासँगको संसदीय दलको नेतामा प्रतिष्पधीपनि भएका कारण पार्टीमा बिशेष भूमिका खोजेको तर नपाएको बताएका छन् ।
उनले भने, ‘‘हामीले केन्द्रीय समितिमा, पार्टीको छलफलमा आफ्नो विचार राख्छौँ, तर त्यो पार्टीको निर्णय बन्दैन । फरक मतकोरुपमा दर्ज हुन्छ, तर पार्टीको राजनीतिक लाइन बन्दैन । त्यहीकारण अहिलेको यो सबै अलमल भइरहेको छ, हामी माथि छौँ, यहाँ हामीलाई संख्या थिचेको छ । त्यसैले अब माथि बसेर मात्रै हुदैन, हामी भुँइमा जानु आवश्यक छ । कांग्रेसको वास्तविक विचार र सिद्धान्तलाई अपनाएको कार्यकर्ताको ठूलो तप्का गाउँमा छ । कार्यकर्ताको त्यो हिस्सा पक्षपाति पनि छैन । उसलाई संख्यासँग पनि मतलव छैन ।’
उनले आन आफूले भूमिका खेजे पनि पार्टीमा कार्यकर्ता र जनताले चाहेजस्तो कँँग्रेस बनाउन खोज्दा भूमिका नपाएकोमा दुःख पोखेका छन् । महामन्त्री थापाले ४० प्रतिशत मत पुर्याउन खोज्दा यस्तै कारणले समस्या आएको बतँएका छन् । उनले देशब्यापी कार्यकर्तासंग भेटघाट गर्ने कुरा नेता थापाको उद्घोष छ ।