राजनीति

काँग्रेसका शसक्त भातृ संस्था नेविसङ्घ र तरुण दलले पूर्णता पाउलान् त ?

३० पौस, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको समाचार आएपनि पूर्णता पाउने वा नपाउनेमा निश्चित भने भएको छैन ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसङ्घ र तरुण दललाई पूर्णता दिन लागेको बताईएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका हुन् । नेविसङ्घका अध्यक्ष शेर्पाले नेविसङ्घ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिए । कांग्रेसले विसं २०७८ चैतमा नेविसङ्घको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिए पनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन ।

कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन । कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भए पनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन बन्न पुगेका छन् । कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए पनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन् ।

काँग्रेस भातृसंस्थाले पूर्णता नपाउँदा बिद्यार्थी र तरुणहरु जिम्मेवारी नपाएर छटपटाईरहेका छन् । यस अवस्थामा जिम्मेवारी पाएमा पार्टीका कार्यक्रमहरुलाई सहययोग पुग्नेछ । लामो समयदेअी नभएको अधिवेशन हुन्छ कि हुन्न वा भातृसंस्थाले पूर्णता पाउँछ कि पाउन्न भनेर पार्टी नेतृत्वलाई सबैलेृ प्रश्न सोधेपनि उचित जवाफ भने कसैले पनि पाएका छैनन् ।