राजनीति

पोखरा बिमान दुर्घटनामा मृत्यु भएकाप्रति सभापति देउवाद्वारा श्रद्धान्जली ब्यक्त

१ माघ, काठमाडौं । काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

उनले बिज्ञप्ची जारी गर्दै घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।