राजनीति

अध्यक्ष ओली भन्छन्ः राष्ट्रपतिमा एमालेको उम्मेदवारी दिन्छ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ

५ माघ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे । “राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भने
उनले नेपाली काँग्रेसहीततका दलहरुले एमाले उम्मेद्वारलाई मतदान गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिमा एमालेबाट को उम्मेद्वार हुने उक्त कुरमा भने खुलाईएको छैन ।