राजनीति

प्रधानमन्त्रीमा प्रचण्डलाई मतदान गर्नु काँग्रेसको गल्ती भयोः बरिष्ठ नेता डा कोईराला

८ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेसले प्रचण्डलाई बिस्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।
उनले आज अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा आफ्ना समूहका नेताहरुसँगको छलफलमा उक्त कुरा बताएका हुन् ।
उपसभापति धनराज गुरुगं, महामन्त्री गगन कुमार थापाललगायतका आफ्ना पक्षका नेताहरुसँग आगामी रणनीतिबारे छलफल गर्न बसेको बैठकमा बिचार राख्दै उक्त कुरा बताएका हुन् ।
नेपाली काँग्रेस मंसिर ४ गतेको निर्बाचनमा सबैभन्दा ठूलो पार्टी भएपनि सरकार बाहिर बस्नुपरेको कारण काँग्रेस नेतृत्वको गल्ती भएको बताएका छन् ।
काँग्रेसभित्र पछिल्लो समयमा डा कोईराला पक्षले आफ्ना गतिबिधिलाई थप कशिलो बनाउने र १५ औं महाधिवेनमा डा कोईरालालाई सभापति बनाउन लागि पर्ने देखिएको छ । उपसभापति धनराज गुरुगंले आगामी १५ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बिनाशर्त डा शेखर कोईरालालाई बनाउनुपर्ने बिचार राखेका थिए त्यसमा महामन्त्री गगन थापाले समर्थन गरेका थिए । संसदीय दलको नेताको निर्बानमा आफ्नैपक्षबाट पनि गगन कुमार थापालाई किन पुरै मत नअँएको भन्ने बिषयमा पनि छलफल र प्रश्नहरु आएका थिए ।