राजनीति

काँग्रेसले भन्योः बिभिन्न बाहनामा अलटाल नगरी, राष्ट्रपति निर्बाचन समयमै गरौं

९ माघ, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति निर्बाचन समयमै गनुपर्ने माग राखेको छ ।
आज बसेको पदाधिकारी बैठकमा काँग्रेस प्रवक्ता प्रकाश शरण महतले बिभिन्न बाहनामा राष्ट्रपति निर्बाचनलाई पछाडी धकेल्न खोजिएको भन्दै त्यस्तो भए नेपाली कँँग्रेसलाई मान्य नहुने बताए ।
आज सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा पूर्ब पदाधिकारी बैठक बोलाएका थिए ।
आजको बैठकमा काँग्रेसको आगामी १५ गतेको बैठक लगायत आगामी रणनीतिका बिषयमा छलफल भएको थियो ।
मंसिर ४ गतेको आमनिर्बाचनपछि सभामुख, उपसभामुख चुनिईसकेको भएपनि राष्ट्रपति, उपराष्ट्रपतिको निर्बाचन भएको छैन । काँग्रेसले राष्ट्रपतिमा पार्टीका उम्मेद्वारलाई सघाउन लागि दलहरुसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।