राजनीति

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता, नेतामा स्वत देउवा

१० माघ, काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ । उसपछि काँग्रेस सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता स्वतः बनेका छन् । काँग्रेसले प्रमुख प्रतिपक्षी दलको नेता बन्न माग गर्दैै निबेदन दिएको थियो ।