राजनीति

मन्त्री परिषद बैठकले प्रेम आचार्यले उठाएका सबै बिषय छानबिन गरी कारबाही गर्न दियो गृहलाई अधिकार

११ माघ, काठमाडौं । आत्मादहबाट निधन भएका प्रेम प्रसाद आचार्यले उठाएका बिषयहरुका बारेमा छानबिन गर्ने आज बसेको मन्त्रीपरिष्द बैठकले निर्णय गरेको छ ।

मंगलबार संसदभवन नयाँ बानेश्वरमा आफ्नो शरीरमा आगो लगाई आत्मादह गरेका इलाम सुर्योदय नगरपालीकाका बासिन्दा प्रम प्रसाद आचार्यको आज बिहान उपचारको क्रममा किर्तिपुरस्थीत बर्न अस्पतालमा निधन भएको थियो ।

उनले उठाएका वा गरेका २५ वटा मुख्य मागहरुसहित सबै अनुसंधान गर्ने जिम्मा मन्त्रीपरिषद बैठकले उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेलाई जिम्मा दिएको छ ।

गृहमन्त्ती लामिछानेले आज नै मृतकका परिवारलाई भेटी घटनाको अनुसंधान गरी सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने बताएका थिए ।