राजनीति

यसरी गरे भावुक हुँदै गृहमन्त्रीसँग काठमाडौंका मेयरले सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न अनुरोध

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले आफुलाई काठमाडौंका सुकुम्बासी हटाउन सहयोग गर्न आग्रह गरेका छन् ।
उनले आज दिउँसो गृहमन्त्रालयमा उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेलाई भेटेर उक्त आग्रह गरेका हुन् ।
मेयर शाह एकीकृत बागमती सभ्यता बिकास समितिका सदस्यहरुसहित गृहमन्त्री लामिछानेलाई भेट्न सिंहदरबारस्थीत गृहमन्त्रीको कार्यालय गएका थिए ।
उनीहरुले संयुक्त रुपमा काठमाडौं महानगरको विकासका लागि सुकुम्बासीहरु रहेको स्थानलाई खाली गर्न अप्ठ्यारो परेको भन्दै त्यसमा गृहमन्त्रालयको सहयोग आवश्यक रहेको बताएका थिए ।
केहीसमय अघि ब्यापक रुपमा थापालथीका सुकुम्बासी हटाउन मेयर शाहले प्रयास गरेपनि सुकुम्बासीको कडा आन्दोलनका कारण मेयर शाह पछाडी हटेका छन् ।
सुकुम्बासीहरु खुकुरीसहित आन्दोलनमा उत्रिएका थिए ।
भेटमा सुकुम्बासी बस्तीको बिबरण हेरेर त्यसबारे आफुले निर्णय गर्ने जवाफ दिएको बताईएको छ । बालेन्द्र शाह स्वतन्त्र रुपमा मेयरमा बिजय भएका थिए भने रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्र्टी खोलेर त्यसको सभापति बन्दै २० सीटसहित साँसद बिजय हुँदै उपप्रधा एबम् गृहमन्त्री बनेका हुन् ।
डा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका बेला पनि सुकुम्बासी बस्ती हटाउन प्रयास नभएको होईन तर पछि उनीपनि यस कार्यमा असफल भई पछि हटेका थिए ।