राजनीति

नेपाली नागरीकतै नभएपछि रबिको गृहमन्त्रीसहित रास्वपाको सभापति पद पनि चट

१३ माघ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेको साँसद पद खारेज भएको छ । साँसद पद खारेज भएपछि उनको उपप्रधान एबम् गृहमन्त्री र रासिट्रय स्वतन्त्र पार्टीको सभापति पद पनि गएको छ । पार्टी दर्ता गर्दा पनि नेपाली नागरीक हुनुपर्ने भनेको हुन्छ भने गृहमन्त्री जस्तो पदमा अनागरीक वा नेपाली नागरीकता नभएको ब्यक्ती बस्न नमिल्ने देखिन्छ । उनले राजीनामा दिन्छन् वा के गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
उनको मंसिर ४ गते पेश गरेको २०५० सालको नागरिकता अहिले कायम नभएकोले उक्त नागरीकता पेश गरेकाले उनले पेश गरेको नागरीकता नेपाली नभएको ठहर गरेको छ ।
निर्बाचन अधिकृतसँग दिएको नागरीकता गलत गरेको बताएको छ । २०५० सालमा नागरीकता लिएको र २०७० सालमा नागरीकता अमेरीकाकबो नागरीकता लिएको र २०७४ सालमा अमेरीकी नागरीकता त्यागेको घोषणा गरेपनि नेपाली नागरीकता पुन लिने अन्य प्रयास नगरेको बताएका छन् ।
नेपाली नारीकता एन २०६३ अनुसार उनले लिएको अमेरीकी नागरीकता २०६३ को दफा १० र ११ अनुसार पुन नेपाली नागरीकता लिने प्रकृया नपुगेको बताएका छन् । फैसलामा भनिएको छ, “लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भइ कायम रहन मिल्ने देखिएन । निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भइ निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।”


उनले नेपाली नागरीकता नलिएका कारण प्रतिनिधि सभा सदस्य बन्न नमिल्ने बताएका छन् । रबि लामिछानेको पार्टी सभापति पद र उपप्रधान एबम् गृहमनत्री पदको बारेमा सर्बोच्च अदालतले पूर्ण पाठमा दिन सक्छ तर नेपाली नागरीकता नै नभएपछि उक्त नेपालीले पाउने कुनैपनि अधिकारबाट लामिछाने मुक्त भएका छने भन्ने कानुनबिदहरुले बताएका छन् ।