शिक्षा

अनेरास्ववियुको सचिवमा चौलागाईंले उमेदवारी दिने

१६ माघ, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सचिवालय सदस्य हिरा चौलागाईंले सचिवमा उमेदवारी दिने घोषणा गरेका छन् ।

(अनेरास्ववियु)का सचिवालय सदस्य हिरा चौलागाईंले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू सचिव बन्ने दौडको अग्र भागमा रहेको बताउँदै सहयोगका लागि अपिल गरेका छन् ।

लामो समयदेखि बिद्यार्थी राजनितिमा सक्रिय एमाले सिन्धुपाल्चोकको भुगोलको राजनितिमा समेत उतिकै सक्रीय चौलागाईंले २०६३ सालमा सिन्धुपाल्चोक जिल्लाको बाहुनिपाटी माबीको प्राकबाट अनेरास्ववियुको राजनितीक यात्रा शुरु गरेका हुने ।